वेष्टर्न डेभलपमेन्ट बैंकले बोनस शेयर र नगद लाभांश दिने

Post Date : March 29, 2017 | 8:50 pm

दाङ, १६ चैत । वेष्टर्न डेभलपमेन्ट बैंक, संचालकक समितिको बैठकले गत आर्थिक वर्ष २०७२/७३ को खुद मुनाफा ४ करोड २ लाख रुपैयाँमध्येबाट आफ्ना शेयरधनीलाई ३ करोड १३ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस शेयर र १६ लाख ५२ हजार २ सय १० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो चौमासिकमा २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै निस्क्रिय कर्जा शून्य दशमलब ७१ प्रतिशत र कर्जा निक्षेप अनुपात ६८ दशमलब २३ प्रतिशत रहेको छ । बैंकको चुक्ता पूँजी भने १५ करोड ६९ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *