व्यापारिक मेला आयोजना हुने

Post Date : August 21, 2016 | 6:03 pm

काठमाडौँ, ५ भदौ । ‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ नाराका साथ दुई दिने उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला–२०७३ को आयोजना हुने भएको छ ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘विजनेश एन्ड प्रोफेसनल विमेन’ सुनाकोठीले महिला उद्यमीको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।

यही भदौ १० र ११ गते काठमाडौँको त्रिपुरेश्वरमा दुई दिने प्रदर्शनीको आयोजना हुने भएको हो । संस्थाका सचिव प्रतिमाया पुनका अनुसार मेलामा विशेष गरी हस्तकलाका सामान त्यसमा पनि बुनेका ऊनका विभिन्न सामग्री, गहना, काठे कौशलताका प्रकार, कला कौशलता, गर्मी र जाडोका लुगा, काँचका पोते, मखमलका जुत्ता, ढाकाका प्रकार, आदिवासी, जनजाति वेशभूषालगायतका सामग्री राखिनेछ ।

डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छाविन्दु तुलाधरले महिलालाई आर्थिक रुपमा सशक्त बनाउन हस्तकला क्षेत्रले निकै महत्वपूर्ण भूमिका खेलेको बताउँदै महिलाका क्षेत्रमा राम्रो कार्य गर्ने संस्था, महिलाको पहिचानलाई यसले बाहिर ल्याउन मद्दत गर्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *