व्यावसायिक कारोबार गर्नेमा वृद्धि

Post Date : August 3, 2017 | 11:28 am

सप्तरी, १९ साउन । सप्तरी जिल्लालगायत पूर्वाञ्चलमा नापतौलसम्बन्धी इजाजतपत्र लिई व्यावसायिक एवं व्यापारिक कारोबार गर्नेको संख्यामा अत्यधिक वृद्धि भएको छ ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, विराटनगरका अनुसार आव २०७३/०७४ को एक वर्षमा दुई हजार ७६ व्यवसायीलाई कारोबार गर्न इजाजत पत्र दिएको बताइएको छ ।

कार्यालय प्रमुख मनिष दासका अनुसार सो कारोबारका लागि इजाजतपत्र वितरण तथा व्यवसायीमाथिको कारबाहीबाट रु एक करोड १० लाख राजस्वसमेत संकलन भएको छ ।

उक्त कार्यालयले नापतौलमा अनियमितता तथा उपभोक्तालाई ठगी गर्ने सप्तरीलगायत पूर्वाञ्चलका करिब दुई हजार ७०० व्यवसायीलाई कारबाही गरी जरिवाना गरेको छ ।

कार्यालयबाट विशेष तथा नियमित अनुगमनको क्रममा नापतौल इजाजत पत्र नलिने र नवीकरण नगराउनेलाई कारबाही गरिएको प्रमुख दासले भन्नुभयो । पूर्वाञ्चलमा उक्त अवधिमा सात हजार ४०० व्यवसायीले आफ्नो कारोबार गर्नका लागि नापतौल जाँच गराएका थिए ।

सो अवधिमा सप्तरी र सिरहा जिल्लाका दुई दर्जन सुनचाँदी व्यवसायी नापतौल ठगी गर्नेक्रममा कारबाहीमा परेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *