शाइन रेसुङ्गाको खर्ज्याङ्ग शाखा शुभारम्भ

Post Date : February 14, 2017 | 5:12 pm

गुल्मी, ३ फागुन । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गुल्मी जिल्लाको खर्ज्याङ्ग बजारमा नयाँ शाखा कार्यालय खोली बित्तीय सेवा शुभारम्भ गरेको छ । १० जिल्ला कार्यक्षेत्र रहेको बैंकको नयाँ शाखा कार्यालय सञ्चालन पश्चात २७ वटा शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गर्नेछ । बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेको र बैंकिङ्ग सुविधाको पहुँचमा बैंकले अत्यन्त जोड दिएको जनाएको छ ।

चुक्ता पूँजी १ अर्ब १० करोड रहेको यस बैंकको २०७३ पुस मसान्तमा निक्षेप परिचालन ९ अर्ब २० करोड, कर्जा लगानी ८ अर्ब १७ करोड र सञ्चालन मूनाफा २६ करोड ८ लाख रहेको छ भने करिब १ लाख ३० हजार ग्राहक संख्या रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *