शाइन रेसुङ्गाले २७ प्रतिशत बोनश शेयर दिने

Post Date : September 22, 2016 | 6:21 pm

बुटवल, ६ असोज । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक बर्ष ०७२/०७३ को मुनाफावाट २७ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । बोनश शेयर नेपाल राष्ट्र बैंकवाट स्विकृती प्राप्त भै आगामी साधारण सभावाट पारित भए पश्चात वितरण हुने बैंकले जनाएको छ ।

बैंकले हाल ८ अर्ब ७० करोड निक्षेप संकलन गरेको छ भने ७ अर्व ९५ करोड कर्जा लगानी गरेको छ । २०७३ आषाढ मसान्तमा बैंकको चुक्ता पूंजी ८६ करोड ८४ लाख रहेको छ भने प्रस्तावित २७ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पूंजी १ अर्व १० करोड पुग्नेछ ।

शाइन रेसुङ्घा डेभलमेण्ट बैंकमा गौमुखी विकास बैंक गाभिएर २०७३ जेष्ठ २९ वाट एकिकृत कारोवार गरेको यस बैंकले २६ वटा शाखा तथा २ वटा एक्सटेन्सन काउन्टर मार्फत १ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । रुपन्देही, गुल्मी, अर्घाखांची तथा प्यूठान जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा यस बैंकले वित्तीय पहुंच पुरयाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *