शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २७ प्रतिशत बोनश शेयर प्रदान गर्ने

Post Date : December 14, 2016 | 6:33 pm

बुटवल, २९ मङ्सिर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको आठौँ बार्षिक साधारण सभा यही मंसिर २९ गते सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रकाश पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा अध्यक्ष थानेश्वर पौडेलले बैंकको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त साधारणसभाले आ.व. २०७२/७३ को मुनाफाबाट चुक्ता पूँजीको २७ प्रतिशत बोनश शेयर वितरण गर्न स्वीकृत प्रदान गरेको छ । उक्त अवसरमा बैंकले आ.व. २०७२/७३ मा रुद्रपुर शाखा कार्यालयलाई उत्कृष्ट शाखा कार्यालयको रुपमा सम्मान गरेको छ । साधारणसभाले राजेन्द्र प्रसाद श्रेष्ठ, डा.तारा प्रसाद उपाध्याय (ज्ञवाली), भुवन भण्डारी, कृष्ण प्रसाद भण्डारी, मेघराज कक्षपती, मोहन चापागाई, गोपाल प्रसाद पाण्डे र डिल्लीराज भुसाल सदस्य रहेको सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ भने सञ्चालक समितिले राजेन्द्र प्रसाद श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *