शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा चन्द्रौटामा

Post Date : March 25, 2018 | 3:44 pm

कपिलवस्तु, ११ चैत । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको ३३ औं शाखा कार्यालय कपिलवस्तु जिल्लाको चन्द्रौटामा शिवराज नगरपालिकाको उपमेयर श्री शिव कुमारी थारुले चैत ९ गते शुक्रबार समुद्घाटन गर्नु भएको छ ।

यशोधन पाण्डेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गर्नु भएको थियो भने प्रमख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रदेश नंं. ५ का प्रत्येक जनताको घरमा सहज, विश्वसनीय र गुणस्तरिय बैंकिङ्ग सेवा पुरयाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त समुद्घाटन कार्यक्रममा बैंकले ५ जना जेष्ठ नागरिकहरुलाई नगद र अभिनन्दन पत्र सहित सम्मान गरेको थियो भने राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी ५ जना विद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब ३७ करोड रहेको यस बैंकले १२ अर्ब ५२ करोड निक्षेप परिचालन गरी ११ अर्ब २२ करोड कर्जा लगानी गरेको छ । शाखा संख्या ३३ र २ वटा एक्सटेन्सन कार्यालय रहेको यस बैंकले आवश्यकता र सम्भाव्यताका आधारमा सेवा विस्तार गर्दै जाने प्र्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो । बैंकले हाल रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तुको चन्द्रौटामा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउने र भविष्यमा अन्य शाखा कार्यालयहरुबाट समेत उक्त सेवा आवश्यकताका आधारमा उपलब्ध गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *