शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकमा गौमुखी विकास बैंक गाभियो

Post Date : June 12, 2016 | 1:13 pm

प्युठान । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकमा गौमुखी विकास बैंक गाभिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोवार उद्घाटन गर्नु भएको छ । उद्घाटनको अवसरमा गभर्नर डा. नेपालले सहरी क्षेत्रका बैंक तथा वित्तीय संस्था बढ्दै गएकोले अब बैंकिङ्ग सेवा नपुगेका क्षेत्रलाई म्यापिङ गरी बैंक तथा वित्तीय सेवा विस्तारलाई प्राथमिकतामा राखिने बताउनु भयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेलले असल बैंकको पहिचानमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले समग्र बैंकको वारेमा जानकारी गराएका थिए ।

रुपन्देहीको बुटवलमा रहेको शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्युठानको बिजुवारमा रहेको गौमुखी विकास बैंकको मर्जरपछि शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको नामबाट कारोवार सुरु भएको छ ।

मर्जरपछि बैंकको चुक्ता पूँजी ८६ करोड ८४ लाख रुपैया, निक्षेप ८ अर्ब ४ करोड रुपैया र कर्जा लगानी ७ अर्ब २४ करोड रुपैया रहेको बैंकले जनाएको छ । त्यस्तै बैंकको प्रधान कार्यालयसहित २६ शाखा १० जिल्लामा फैलिएको छ  भने २ एक्सटेन्सन काउण्टर रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *