शाहरुख खान लसएन्जल्स विमानस्थलको हिरासतमा

Post Date : August 13, 2016 | 11:48 am

२९ साउन । बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकाको लसएन्जल्स विमानस्थलको प्रहरीले शुक्रबार विहान अध्यागमनको हिरासतमा राख्यो । यो खबर भारतीय सञ्चार माध्यममा फैलिएपछि सो कार्यको विरोध भएको थियो । त्यस्तै भारतीय नेताहरूले पनि अमेरिकाको यस कार्यको विरोध गरेका थिए । अन्त्यमा शाहरुख खानले गुगल सर्च गर्न लगाएर आफू भारतीय अभिनेता भएको पुष्टी गरेपछि बल्ल अध्यागमन प्रहरीले हिरासत मुक्त गरेका थिए । अमेरिकी अध्यागमन प्रहरीले शाहरुख खान एक आतङ्ककारीको नाम भएकोले आफूहरूले हिरासतमा लिएको भन्ने प्रतिक्रिया दिएका थिए ।

यस्तै शाहरुख खानलाई सन् २००९ र सन् २०१२ मा हिरासतमा राखेर अध्यागमन प्रहरीले सोधपुछ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *