शिवम् हयाचरीद्वारा हप्तामा ४८ हजार कुखुराको चल्ला उत्पादन

Post Date : June 24, 2016 | 8:45 am

काठमाडौं, ९ असार । व्यवसायिक कुखुरा पालनलाई अगाडी बढाउन १८ करोड भन्दा बढीको लगानीमा वीरगंजको अलौमा शिवम् हयाचरी एण्ड फिड इण्डष्ट्रीज प्रा.लि. स्थापना गरिएको छ ।

वीरगंज उपमहानगरपालिका वडा नम्बर २० अलौमा स्थापित शिवम् हयाचरीले हाल हप्तामा दुई पटक २४/२४ हजार गरी ४८ हजार कुखुराको चल्ला उत्पादन शुरु गरेको र निकट भविष्यमा हप्ता दिनमा १ लाख ५० हजार सम्म चल्ला उत्पादन गर्ने लक्ष्यका साथ काम अगाडी बढाइएको शिवम् हयाचरीका संचालक सरिफ अहमदले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *