शुभेच्छा विकास बैंक र गरिमा विकास बैंक गाभिने

Post Date : April 24, 2016 | 8:12 am

शुभेच्छा विकास बैंक र गरिमा विकास बैंक एक–आपसमा गाभिने भएका हुन् । गाभिने सहमतिपत्रमा गरिमा विकास बैंकका अध्यक्ष दिलीप प्रताप खाँड र शुभेच्छा विकास बैंकका अध्यक्ष डा. आनन्द श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ । दुवै संस्था एक–आपसमा गाभिएपछि एकिकृत बैंकको भुक्तानी पूँजी १ अर्ब ८ करोड ५ लाख रुपैया पुग्नेछ । शाखा संस्था भने ३१ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *