शुल्क संकलनको लागि नबिल बैंक र ब्रिटिस काउन्सिल बिच सम्झौता

Post Date : June 7, 2017 | 6:35 pm

काठमाडौँ, २४ जेठ । नबिल बैंक र ब्रिटिस काउन्सिलले आइईएलटिएस (IELTS) लगायत विभिन्न टेस्ट परिक्षाको शुल्क संकलन सहजिकरण गर्न एक सम्झौता गरेको छ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोशी र ब्रिटिस काउन्सिलका निर्देशक (Country Director) डा. जोभन लिकले २०७३।२।२३ मा बैंकमा आयोजित एक कार्यक्रममा यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस साझेदारीको माध्यमबाट ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने परिक्षामा सहभागी हुने विद्यार्थीहरुले तिर्नुपर्ने शुल्क नबिल बैंक लिमिटेडका तोकिएका निश्चित शाखाहरुबाट बुझाउन सक्नेछन् । बैंकले यो सेवा यसका काठमाडौँ उपत्यका बाहिरका शाखाहरु बुटवल, बिराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज, विर्तामोड, पोखराबाट २०७४।०३।०१ देखि र काठमाडौँ उपत्यकामा रहेका ९ वटा शाखाहरु तिनधारा, ललितपुर, कौशलटार, महाराजगञ्ज, नयाँसडक, नयाँ बानेश्वर, कान्तिपथ, बालाजु, चाबहिलबाट २०७४।०३।०४ गतेदेखि यो सेवा सञ्चालन हुने जनाइएको छ । यस सेवाले अब काठमाडौँ बाहिर रहेका विद्यार्थीहरुलाई समेत सम्बन्धित नजिकका शाखाहरुबाट नै शुल्क बुझाउन सहज हुने कुरा प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

उक्त प्रेस विज्ञप्तीमा अगाडि भनिएको छ – नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले आफ्नो धारणा राख्दै “हाम्रा शाखाहरुमार्फत आइईएलटिएस (IELTS) लगायत अन्य टेष्टको शुल्क संकलन गर्नको लागि ब्रिटिस काउन्सिलसँग साझेदारी गर्न पाउँदा हामीले खुशी महशुस गरेका छौँ, यसले विभिन्न स्थानमा रहेका विद्यार्थीहरुलाई बैंकका नजिकका विभिन्न शाखाहरुबाट रकम भुक्तानी गर्न सहज हुनेछ । निकट भविष्य मै हामीले अनलाईन भुक्तानी प्रणालीबाट समेत शुल्क संकलन गर्न गइरहेकोले यसबाट विद्यार्थीहरुलाई अझ सहजता पुग्नेछ । साथै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई सहायता प्रदान गर्नको लागि ब्रिटिस काउन्सिल जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउनु हाम्रो लागि गौरबको कुरा हो” भन्नुभयो ।

ब्रिटिस काउन्सिलका निर्देशक (Country Director) डा. जोभन लिकले “नबिल बैंक सबैभन्दा वढी रोजिएको बैंक हो र त्यही कारणले हामीले हाम्रो आइईएलटिएस (IELTS) भुक्तानीको लागि हाम्रो साझेदारको रुपमा यस बैंकलाई रोजेका हौं र हामीले यस बैंकबाट सुने अनुसारकै गुणस्तरीय व्यावसायिक सेवा प्राप्त गर्नेछौँ भन्ने अपेक्षा गरेका छौं र हाम्रो आइईएलटिएस (क्ष्भ्ीत्क्) को परिक्षा दिने विद्यार्थीहरुका लागि भुक्तानी प्रक्रियामा सहयोग प्रदान गर्नको लागि साझेदारी गरेकोमा हामी नबिल बैंक लिमिटेडलाई धन्यवाद दिन चाहान्छौँ” भन्नुभयो ।

उक्त प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ – ब्रिटिस काउन्सिल सांस्कृतिक सम्बन्ध कायम गर्ने र उचित शैक्षिक अवसर प्रदान गर्नको लागि काम गर्ने बेलायतको अन्तरराष्ट्रिय संस्था हो । ब्रिटिस काउन्सिलले बेलायत र नेपालका नागरिकहरु बिचमा अनुकूल ज्ञान र समझेदारीको सृजना गर्दछ । ब्रिटिस काउन्सिलले बेलायती अनुभव तथा योग्यता अनुसार, बेलायत र नेपालका बिचमा अनुभवको आदान–प्रदान गर्ने, नेपाली नागरिकलाई रोजगारको अवसरको सृजना गर्ने तथा उचित अवसरको सृजनाबाट सम्पर्क स्थापना गरी आपसी विश्वासको माध्यमबाट जीवनलाई परिवर्तन गराउने उद्देश्य राख्दछ ।

नबिल बैंकले पहिलो रोजाइको बैंकको रुपमा यसका देशभरीका ५२ शाखाहरु, ९९ एटिएमहरु तथा १५०० भन्दा बढी नबिल रेमिट एजेण्टहरु तथा संसारका विभिन्न स्थानमा रहेका करेस्पोन्डेन्ट बैंकहरु सहितको ब्यापक सञ्जाल मार्फत आफ्नो गुणस्तरीय सेवा सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *