शेयरबजारमा अत्यधिक गिरावट, कारोवार रकम १ अर्ब पनि पुगेन

Post Date : July 11, 2016 | 3:48 pm

काठमाडाैं, २७ असार । अाज साताको दोस्रो दिन शेयरबजारमा भारी गिरावट अाएको छ । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २०.२६ अंकले बढेर १७०२.२७ बिन्दुमा पुगेको छ । कुल ४४४० कारोवारबाट १८ लाख १४ हजार ७२० कित्ता शेयर किनबेच भई ९१ करोड ४२ लाख ४८ हजार ३६२ रुपैयाको कारोवार भएको छ । अाज कारोवार भएको रकममा अत्यधिक गिरावट अाई जम्मा करिब ९१ करोड रुपैयाको मात्र कारोवार भएको छ ।

अाज उत्पादन समूहबाहेक अरु सबै समूहहरुको कारोवारमा भारी गिरावट अाएकाे छ । वाणिज्य बैंकहरुको ७.४२ अंकले घटेर करिब २८ करोड रुपैयाको कारोवार भएको छ । होटल समूहको ४९.४१ अंकले घटेर करिब १ करोड ४० लाख रुपैयाको कारोवार भएको छ भने विकास बैंक समूहको २५.७७ अंकले घटेर १८ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै जलविद्युत समूहको ३२.४३ विन्दुले घटेर ५ करोड रुपैया भन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ६.३८ अंकले घटेर करिब साढे ४ करोड रुपैयाको कारोवार भएको छ ।

त्यस्तै बीमा कम्पनीहरुको कारोवारमा भारी गिरावट अाएको छ । बीमा कम्पनीहरुको कारोवारमा  २१७.५२ अंकले घटेर २७ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको करिब साढे ३ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *