शेयरबजारमा अाज पनि अोरालो, कारोवार रकममा पनि कमी अायो

Post Date : June 20, 2016 | 4:20 pm

काठमाडाैं, ६ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज ७.१७ अंकले घटेर १६१५.१० बिन्दुमा पुगेको छ । कुल ५७८५ कारोवारबाट १८ लाख ४५ हजार ८७२ कित्ता शेयर किनबेच भई १ अर्ब १९ करोड ६८ लाख ३९ हजार १५४ रुपैयाको कारोवार भएको छ ।

जलविद्युत र फाइनान्स समूह बाहेकका सबै समूहहरुको कारोवारमा उच्च गिरावट अाएको छ । जलविद्युत समूहको कारोवार १७.०३ अंकले बढेर १५ करोडभन्दा बढीको कारोवार भएको छ भने अाज पनि बीमा कम्पनीहरुको कारोवारमा भारी गिरावट करीब १२८.३४ अंकले गिरावट अाएको छ । सबैभन्दा बढी कारोवार शिखर इन्स्योरेन्सको ७ कराेड रुपैयाभन्दा बढीको भएको छ ।

अाज शेयरबजारमा कारोवार भएको रकममा पनि गिरावट अाई करीब १ अर्ब १९ लाखको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *