शेयरबजारमा अाज पनि गिरावट

Post Date : June 2, 2016 | 6:40 pm

काठमाडाैं, २० जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज फेरी ५.४४ अंकले गिरावट अाएको छ । परिसूचकमा ५.४४ अंकले घटेर १५१८.१२ बिन्दुमा पुगेको छ । कुल ५५०७ कारोवारबाट १४ लाख १ हजार २ कित्ता शेयर किनबेच भई १ अर्ब ४ करोड ९७ लाख ६ हजार ९९५ रुपैयाको कारोवार भएको छ । जुन अघिल्लो दिनको जस्तै अाज पनि शेयर बजार नकारात्मक रह्यो ।

होटल समूह, उत्पादन समूह र अन्य समूह बाहेकका अरु सबै समूहहरुको कारोवारमा अोरालो लागेको छ । शेयर बजार अोरालो लागे पनि अाज करिब १ अर्ब रुपैयाको हाराहारीमा कारोबार भयो । अघिल्लो दिन जस्तै अाज पनि हाेटल समूहका कारोवारमा २६.७९ विन्दुले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *