शेयरबजारमा करीब १ अर्ब ४० करोडको कारोवार, बीमा कम्पनीहरुले बजार धाक्यो

Post Date : June 15, 2016 | 4:43 pm

काठमाडाैं, १ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज ६.३२ अंकले बढेर १६२०.४७ बिन्दुमा पुगेको छ । कुल ५९९५ कारोवारबाट १७ लाख ९२ हजार ४५९ कित्ता शेयर किनबेच भई १ अर्ब ३९ करोड ९५ लाख २५ हजार ९४५ रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंक, होटल र फाइनान्स समूहको कारोवारमा क्रमश: ६.३७, १५.२२ र ०.६१ अंकले घटेको छ । बीमा कम्पनीहरुको कारोवारमा नया उचाईका साथ २६७.०४ अंकले बढेर करीब ६८ करोड रुपैयाको कारोवार भएको छ ।

अाज कारोवार भएका कम्पनीहरुमध्ये नेपाल बंगलादेश बैंक  लिमिटेडकाे सबैभन्दा बढी करीब ९ कराेड ४६ लाख रुपैयाकाे कारोवार भएको छ । अाजको शेयरबजार बढ्नुमा बीमा कम्पनीहरुको भूमिका महत्वपूर्ण रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *