शेयरबजारमा दोहोरो अंकको निराशाजनक गिरावट

Post Date : June 19, 2016 | 5:21 pm

काठमाडाैं, ५ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज १०.६७ अंकले घटेर १६२२.२७ बिन्दुमा पुगेको छ । कुल ६४६० कारोवारबाट १९ लाख ३१ हजार ९८० कित्ता शेयर किनबेच भई १ अर्ब ६५ करोड ६५ लाख ६२ हजार ८३८ रुपैयाको कारोवार भएको छ ।

बैंक, जलविद्युत र बीमा कम्पनीहरुको कारोवारमा उच्च गिरावट अाएको छ । पछिल्लो धेरै दिनदेखि बीमा कम्पनीहरुको कारोवार निकै उत्साहजनक स्थिति थियाे तर अाज अचानक यस समूहमा भारी गिरावट करीब १५५.०२ अंकले गिरावट अाएको छ । अाज उकालो लागेका समूहहरुमा पनि खासै उत्साह हुनु पर्ने स्थिति छैन ।

अाज शेयरबजारमा भएको दोहोरो अंकको निराशाजनक गिरावटले शेयरमा लगानी गर्नेहरुलाई अन्याेलता छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *