शेयरबजारमा निकै सुधार, बीमा कम्पनीहरूकाे कारोवार उच्च

Post Date : June 22, 2016 | 6:38 pm

काठमाडाैं, ८ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज १८.७० अंकले बढेर १६४७.५१ बिन्दुमा पुगेको छ । कुल ६६६३ कारोवारबाट २२ लाख ९४ हजार ७३६ कित्ता शेयर किनबेच भई १ अर्ब ७८ करोड १७ लाख ५४ हजार ३८९ रुपैयाको कारोवार भएको छ ।

अन्य समूह बाहेकका सबै समूहहरुको कारोवारमा निकै सुधार अाएको छ । बीमा कम्पनीहरुको कारोवारमा हिजो जस्तै अाज पनि निकै सुधार भएर २०३.९८ अंकले बढेर झण्डै ८४ करोड रुपैयाको कारोवार भएको छ । त्यस्तै जलविद्युत समूहको कारोवारमा पनि ७५.३१ अंकले बढेर २१ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । बैंिकङ्ग समूहमा पनि दोहोरो अंकले वृद्धि भएको छ । सबैभन्दा बढी कारोवार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ कराेड रुपैयाभन्दा बढीको भएको छ । अाज कारोवार भएका कम्पनीहरुमा बीमा कम्पनीहरुकै बाहुल्यता रहेको पाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *