शेयरबजारमा सुधार, कारोवार रकम भने बढेन

Post Date : June 21, 2016 | 5:59 pm

काठमाडाैं, ७ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज १३.७१ अंकले बढेर १६२८.८१ बिन्दुमा पुगेको छ । कुल ५३७७ कारोवारबाट १८ लाख १९ हजार ९१३ कित्ता शेयर किनबेच भई १ अर्ब २२ करोड २ लाख ४६ हजार ३८२ रुपैयाको कारोवार भएको छ ।

होटल र फाइनान्स समूह बाहेकका सबै समूहहरुको कारोवारमा सुधार अाएको छ । बीमा कम्पनीहरुको कारोवारमा विगत २ दिनदेखि उच्च गिरावट अाएकोमा अाज भने निकै सुधार भएर १७३.७ अंकले बढेर ५३ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्ते  जलविद्युत समूहको कारोवार ५३.३२ अंकले बढेर १७ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । सबैभन्दा बढी कारोवार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ कराेड रुपैयाभन्दा बढीको भएको छ ।

अाज शेयरबजारमा १३.७१ अंकले बढे पनि कारोवार भएको रकममा भने खासै सुधार अाउन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *