शेयरबजारमा १ अर्ब रुपैयाभन्दा बढी कारोवार, दोहोरो अंकको वृद्धि कायमै

Post Date : June 7, 2016 | 3:44 pm

काठमाडाैं, २५ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज १४.६९ अंकले उकालो लागेको छ । परिसूचकमा १४.६९ अंकले बढेर १५३१.४९ बिन्दुमा पुगेको छ । कुल ५५९८ कारोवारबाट १६ लाख ६० हजार ९६७ कित्ता शेयर किनबेच भई १ अर्ब १४ करोड ५५ लाख ७५ हजार ४१५ रुपैयाको कारोवार भएको छ । हिजो ३३.६६ अंकले उकलो लागेको थियो ।

होटल र जलविद्युत कम्पनीहरु बाहेक अरु सबै समूहहरुको कारोवारमा उकालो लागेको छ भने उत्पादन समूह स्थीर रहेको छ । हिजो सबैभन्दा बढी बीमा कम्पनीहरुको कारोबार १७५.३५ विन्दुले उकालो लागेकाे थियो भने अाज पनि सबैभन्दा बढी ८८.९३ विन्दुले उकालो लागेको छ ।  सबैभन्दा बढी एनबी बैंकको २८ करोड ३९२ लाख ३६ हजार २६८ रुपैयाको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *