शेयरबजारमा १ अर्ब ९१ करोडभन्दा बढीको कारोवार

Post Date : September 5, 2016 | 3:33 pm

काठमाडाैं, २० भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १९.१३ अंकले बढेर १८३८.९६ बिन्दुमा पुगेको छ । कुल १०,७३८ कारोवारबाट २२ लाख ३७ हजार ८५० कित्ता शेयर किनबेच भई १ अर्ब ९१ करोड २७ लाख ८१ हजार २५९ रुपैयाको कारोवार भएको छ ।

अाज साताको दोस्रो दिन पनि वाणिज्य बैंकहरूको कारोवार बढ्न गई नेप्से परिसूचक उकालो लागेको छ । फाइनान्स, उत्पादन र अन्य समूहको शेयर मूल्य घट्न गएको छ भने बाँकी अरू सबै समूहको मूल्य बढेकाे छ ।

वाणिज्य बैंकहरुको २६.८६ अंकले बढेर १ अर्ब ३० करोड ८४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ११.४१ अंकले बढेर २३ करोड ७६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । होटल समूहको ४९.१६ अंकले बढेर ६४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ७.९८ अंकले बढेर २ करोड ३८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ६.१८ अंकले बढेर १ करोड ८० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको १०.१२ अंकले बढेर १ करोड ५८ लाख ९० हजार ६०० रुपैयाको कारोवार भएको छ ।

इन्स्योरेन्स समूहको ०.५४ अंकले घटेर १७ करोड २३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने त्यस्तै उत्पादन समूहको ३३.६९ अंकले घटेर ४ लाख २३ हजार ६३० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढीनेपाल इन्भेष्टमेन्ट  बैंक लिमिटेडको २६ करोड ४८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बंगलादेश बैंक लिमिटेडको १८ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *