शेयरबजारमा २ अर्ब रुपैयाभन्दा बढीको कारोवार, माछापुच्छ्रे बैंकको मात्रै ३० करोडको कारोवार

Post Date : July 19, 2016 | 3:45 pm

काठमाडाैं, ४ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १३.९० अंकले बढेर १८००.४७ बिन्दुमा पुगेको छ । कुल ९७३० कारोवारबाट २९ लाख २ हजार १२७ कित्ता शेयर किनबेच भई २ अर्ब १४ करोड ८ लाख ६० हजार ४८५ रुपैयाको कारोवार भएको छ ।

अाज जलविद्युत, बीमा समूह र उत्पादन समूहको कारोवार अोरालो लागेको छ भने वाणिज्य बैंक, होटल, विकास बैंक, फाइनान्स र उत्पादन समूहको कारोवार उकालो लागेकाे छ ।

वाणिज्य बैंकहरुको उच्च कारोवारले गर्दा अाज शेयरबजार उकालो लागी २ अर्ब रुपैयाभन्दा बढीको कारोवार गरेको छ । वाणिज्य बैंकहरुको ३५.४८ अंकले बढेर १ अर्ब रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ३५.३३ अंकले बढेर ४७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै विकास बैंक समूहको १५.७७ अंकले बढेर २८ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ८.८१ अंकले बढेर साढे ४ करोड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । उत्पादन समूहको ४०.२४ अंकले बढेर ३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

जलविद्युत समूहको ९.९३ अंकले घटेर ५ करोड ८३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा समूहको २४०.१९ अंकले घटेर ४१ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको १७.०७ अंकले घटेर ६ करोड ७१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेडको ३० कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा नेपाल बैंक लिमिटेडको १० करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *