शेयरबजारमा २ अर्ब रुपैया भन्दा बढीको कारोवार

Post Date : June 14, 2016 | 4:54 pm

काठमाडाैं, ३२ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज ४.५६ अंकले बढेर १६१४.१५ बिन्दुमा पुगेको छ । कुल ७०६५ कारोवारबाट ३७ लाख ५१ हजार ६३५ कित्ता शेयर किनबेच भई २ अर्ब १९ करोड ७८ लाख ५९ हजार ८५७ रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंक र अन्य समूहको कारोवारमा क्रमश: ६.२२ र ३.५२ िवन्दुले घटेको छ । तर कारोवार भएको रकमको अाधारमा भने वाणिज्य बैंककै बढी (झण्डै ६२ करोड रुपैया) देखिन्छ । बीमा कम्पनीहरुको कारोवारमा ११२.५३ विन्दुले बढेर करीब ४० करोड रुपैयाको कारोवार भएको छ ।

अाज कारोवार भएका कम्पनीहरुमध्ये नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सबैभन्दा बढी करीब ४९ कराेड रुपैयाकाे कारोवार भएको छ । शेयरबजारको इतिहासमै २ अर्ब रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *