शेयरबजार अहिले बुलिश ट्रेन्डमा रहेको छ

Post Date : May 25, 2016 | 8:40 am

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.४६ अंकले बढी १५४४.५३ विन्दुमा पुगेको छ । नेप्सेमा ६३८४ कारोवारबाट ४० लाख ६२ हजार ७९५ कित्ता शेयर किनबेच भई १ अर्ब ६५ करोड ५३ लाख ३ हजार ९८० रुपैयाको कारोबार भएको छ भने १६ खर्ब ६६ अर्ब रुपैयाको कुल बजार पूँजीकरण भएको छ ।

बैंकिङ समूह र बिमा समूहको कारोबार बढेपछि नेप्से परिसूचक बढेको हो । नेपाल बंगलादेश बैंकको ८ करोड ४७ लाख रुपैया र नेशनल लाईफ इन्सोरेन्सको ७ करोड ३५ लाख रुपैया बराबरको शेयर कारोवार भएको हो । कारोवारमा आएका कम्पनीमध्ये ९४ कम्पनीको शेयर मूल्य बढेको छ, ३५ कम्पनीको शेयर मूलय घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थीर रह्यो । शेयरबजार अहिले बुलिश ट्रेन्डमा रहेको छ । बजेट घोषणा मिति यही जेठ १५ गते नजिकिएपछि लगानीकर्ताहरू उत्साहित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *