शेयरबजार अोरालो लाग्ने क्रम जारी, कारोवार रकम पनि घट्यो

Post Date : August 2, 2016 | 4:02 pm

काठमाडाैं, १८ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १८.९४ अंकले घटेर १८२६.४७ बिन्दुमा पुगेको छ । कुल ६८६६ कारोवारबाट ३२ लाख ९८ हजार कित्ता शेयर किनबेच भई १ अर्ब ४२ करोड ३२ लाख ९ हजार ३२० रुपैयाको कारोवार भएको छ ।

उत्पादन समूह बाहेक अरु सबै समूहहरुमा शेयर कारोवार अोरालो लागेको छ । उत्पादन समूहकाे ३४.०३ अंकले बढेर ११ करोड ५२ लाख रुपैयाभन्दा बढीको शेयर कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको १८.३ अंकले घटेर ८६ करोड ४९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको २३.९८ अंकले घटेर १६ करोड ४६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको २९.०८ अंकले घटेर ७ करोड २२ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने फाइनान्स समूहको ३.९२ अंकले घटेर ४ करोड ७४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बीमा कम्पनीहरुको १४६.२८ अंकले घटेर १८ करोड ५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ३७.६७ अंकले घटेर १ करोड १२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । अन्य समूहको ०.८६ अंकले घटेर २ करोड २६ लाख १२ हजार २०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी प्राइम कमर्सियल बैंक लिमिटेडको १९ करोड ७४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंक लिमिटेडको १० कराेड ७३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *