शेयरबजार अोरालो लाग्यो, कारोवार रकम पनि पाैने २ अर्बमा सीमित

Post Date : July 31, 2016 | 4:19 pm

काठमाडाैं, १६ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १५.१७ अंकले घटेर १८६२.७६ बिन्दुमा पुगेको छ । कुल ८१८० कारोवारबाट ३५ लाख ९४ हजार ६१९ कित्ता शेयर किनबेच भई १ अर्ब ७५ करोड ५० लाख ७४ हजार १० रुपैयाको कारोवार भएको छ ।

जलविद्युत र अन्य समूह बाहेक अरु सबै समूहहरुमा शेयर कारोवार अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको २०.९३ अंकले घटेर ८५ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ९५.९६ अंकले घटेर १ करोड ५९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै विकास बैंक समूहको ०.३९ अंकले घटेर ३२ करोड ९४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ११.९२ अंकले घटेर ७ करोड ४२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बीमा कम्पनीहरुको ४५.३७ अंकले घटेर २६ करोड ६४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने उत्पादन समूहको ३६.८९ अंकले घटेर ३६ लाख ४५ हजार ९३० रुपैयाको मात्रै कारोवार भएको छ ।

जलविद्युत समूहको २३.५८ अंकले बढेर १५ करोड ८१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने अन्य समूहको १.१५ अंकले बढेर १ करोड ७० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको १४ करोड ८४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा कैलाश विकास बैंक लिमिटेडको ८ कराेड ५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *