शेयरबजार दोहोरो अंक (१०.४०) ले बढ्यो

Post Date : October 2, 2016 | 4:19 pm

काठमाडाैं, १६ असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १०.४० अंकले बढेर १७६३.७८ बिन्दुमा पुगेको छ । कुल ४३९९ कारोवारबाट १० लाख २४ हजार ११४ कित्ता शेयर किनबेच भई ८८ करोड ७० लाख ८७ हजार ६२३ रुपैयाको कारोवार भएको छ ।

साताको पहिलो दिन शेयरबजारमा डबल डिजिट अर्थात १०.४० अंकले उकालो लागेको छ । अाजको शेयर कारोवारमा वाणिज्य बैंक, फाइनान्स, बीमा र अन्य सूहक  उकालो लागेको छ भने होटल, विकास बैंक र जलविद्युत समूह अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको ५.२२ अंकले बढेर ४७ करोड ३१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ०.०९ अंकले बढेर १ करोड ४५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । बिमा समूहको २३७.०१ अंकले बढेर २४ करोड २ लाख रुपैयाको कारोवार भएकाे छ भने अन्य समूहको ६.३६ अंकले बढेर ५८ लाख ३९ हजार ८१० रुपैयाको कारोवार भएको छ ।

होटल समूहको ८.५६ अंकले घटेर ४५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ०.७७ अंकले घटेर ९ करोड ५२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै जलविद्युत समूहको १३.४१ अंकले घटेर १ करोड ९६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ करोड ६७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा सनराइज बैंक लिमिटेडको ९ कराेड ४८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *