शेयरबजार नितरन्तर अोरालो, सबै समूह राताम्मै

Post Date : August 15, 2016 | 5:19 pm

काठमाडाैं, ३१ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३९.१२ अंकले घटेर १६९४.८१ बिन्दुमा पुगेको छ । कुल ६६४१ कारोवारबाट २४ लाख १७ हजार २०५ कित्ता शेयर किनबेच भई १ अर्ब १९ करोड २९ लाख ४९ हजार ७६९ रुपैयाको कारोवार भएको छ ।

अाज साताको दोस्रो दिन पनि सबै समूहमा नेप्से परिसूचक अोरालो लागेको छ । सरकारले गति लिन नसक्दा शेयरबजारमा नकारात्मक असर परेको जानकारहरू बताउँछन् ।

वाणिज्य बैंकहरुको ४०.८८ अंकले घटेर ६० करोड २९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ७६.५९ अंकले घटेर ७६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ३७.९९ अंकले घटेर २० करोड ९२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ४९.६१ अंकले घटेर ५ करोड ३५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको २.८ अंकले घटेर २ करोड ९२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको २३४.२८ अंकले घटेर २० करोड ६० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको ९.५५ अंकले घटेर १ करोड ७३ लाख २९ हजार २०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बंगलादेश बैंक लिमिटेडको ९ करोड ३४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको ५ कराेड ६२ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *