शेयरबजार निरन्तर अोरालोतिर, नेप्से परिसूचक १२.२२ अंकले घट्यो

Post Date : September 22, 2016 | 7:33 pm

काठमाडाैं, ६ असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १२.२२ अंकले घटेर १७६६.९१ बिन्दुमा पुगेको छ । कुल ५२४० कारोवारबाट ९ लाख १५ हजार २३३ कित्ता शेयर किनबेच भई ९० करोड ११ लाख ५३ हजार ६३५ रुपैयाको कारोवार भएको छ ।

होटल, जलविद्युत, बीमा र अन्य समूहको शेयर मूल्य बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र उत्पादन समूहको शेयर मूल्य घटेको छ ।

होटल समूहको २३.७३ अंकले बढेर ५० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ६.०३ अंकले बढेर २ करोड ८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । बिमा समूहको ६.६९ अंकले बढेर २८ करोड २७ लाख रुपैयाको कारोवार भएकाे छ भने अन्य समूहको ४.६३ अंकले बढेर ९८ लाख ६८ हजार ७० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको १९.६३ अंकले घटेर ४१ करोड १ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ९.४५ अंकले घटेर १२ करोड ८९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको १.११ अंकले घटेर २ करोड १७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने उत्पादन समूहको ६७.३६ अंकले घटेर ६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ करोड ५९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ कराेड ७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *