शेयरबजार निरन्तर अोरालो लाग्ने क्रम जारी

Post Date : August 23, 2016 | 8:16 pm

काठमाडाैं, ७ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १.२६ अंकले घटेर १६८१.८६ बिन्दुमा पुगेको छ । कुल ५२०२ कारोवारबाट १४ लाख ५२ हजार २५० कित्ता शेयर किनबेच भई ८८ करोड १९ लाख ६२ हजार ८१० रुपैयाको कारोवार भएको छ ।

अाज साताको तेस्रो दिन पनि शेयरबजार निरन्तर अोरालो लाग्ने क्रम जारी छ । बैंकिङ, होटल, विकास बैंक र जलविद्युत समूह उकालो लागेको छ भने फाइनान्स, बीमा, उत्पादन र अन्य समूह अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको १.५३ अंकले बढेर ४४ करोड ६२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ४.१६ अंकले बढेर ३८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ३.५९ अंकले बढेर ११ करोड ८६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको १५.२१ अंकले बढेर ३ करोड ९४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

फाइनान्स समूहको ८.६३ अंकले घटेर ३ करोड २५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको ३९.३९ अंकले घटेर १५ करोड २७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ४८.८३ अंकले घटेर ४२ लाख ७४ हजार ६०० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको ३.१८ अंकले घटेर १ करोड ३० लाख १४ हजार १०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ७ करोड ७२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको ५ कराेड ४१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *