शेयरबजार निरन्तर अोरालो, बीमा कम्पनीहरूमा अायो सुधार

Post Date : September 8, 2016 | 4:24 pm

काठमाडाैं, २३ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १.७८ अंकले घटेर १८२३.०५ बिन्दुमा पुगेको छ । कुल ६५२४ कारोवारबाट २१ लाख ४३ हजार ५४६ कित्ता शेयर किनबेच भई १ अर्ब ५० करोड ३ लाख २६ हजार ४९६ रुपैयाको कारोवार भएको छ ।

अाज साताको अन्तिम दिन नेप्से परिसूचक अोरालो लागेको छ । साताको पहिलो र दोस्रो दिन उकालो लागेको शेयरबजार त्यसपछि भने निरन्तर अोरालो लागेको छ । बैंक, फाइनान्स र अन्य समूहको शेयर मूल्य घटेको छ भने होटल, विकास बैंक, जलविद्युत र बिमाको शेयर मूल्य बढेको छ ।

होटल समूहको ५१.७१ अंकले बढेर १ करोड १२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको १.६५ अंकले बढेर २२ करोड २६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको ४८.२९ अंकले बढेर ६ करोड १ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ३६.२३ अंकले बढेर ४६ करोड ३४ लाख रुपैयाको कारोवार भएकाे छ ।

वाणिज्य बैंकहरुको ५.७९ अंकले घटेर ५८ करोड ६३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ७.९ अंकले घटेर २ करोड ९६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको ७.८१ अंकले घटेर १ करोड ५६ हजार रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ करोड ४७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा सनराइज बैंक लिमिटेडको १० कराेड १५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *