शेयरबजार निरन्तर अोरालो लाग्यो, १ अर्ब रुपैयाको पनि कारोवार भएन

Post Date : September 21, 2016 | 6:36 pm

काठमाडाैं, ५ असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ७.३७ अंकले घटेर १७७९.१३ बिन्दुमा पुगेको छ । कुल ४९९६ कारोवारबाट २२ लाख १९ हजार ४०२ कित्ता शेयर किनबेच भई ९४ करोड ९६ लाख १२ हजार २६८ रुपैयाको कारोवार भएको छ ।

विकास बैंक र अन्य समूहको शेयर मूल्य बढेको छ भने वाणिज्य बैंक, होटल, जलविद्युत, फाइनान्स, बीमा र उत्पादन समूहको शेयर मूल्य घटेको छ ।

विकास बैंक समूहको ०.६३ अंकले बढेर १६ करोड १७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने अन्य समूहको ०.२९ अंकले बढेर १ करोड ६७ लाख १ हजार ६०० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको ८.३९ अंकले घटेर ४४ करोड ३८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ११.६३ अंकले घटेर ८४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको २०.१७ अंकले घटेर ३ करोड ४८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको १.२ अंकले घटेर १ करोड ९६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । बिमा समूहको ३४.३३ अंकले घटेर २१ करोड ३५ लाख रुपैयाको कारोवार भएकाे छ भने उत्पादन समूहको ४९.८७ अंकले घटेर ६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा सनराइज बैंक लिमिटेडको ५ करोड ७१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ कराेड २० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *