शेयरबजार निरन्तर अोरालो तर्फ, १७०० विन्दुभन्दा तल

Post Date : November 9, 2016 | 3:59 pm

काठमाडाैं, २४ कात्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २७.६३ अंकले घटेर १६९६.८६ बिन्दुमा पुगेको छ । कुल ४५१७ कारोवारबाट १० लाख २२ हजार ६९२ कित्ता शेयर किनबेच भई ६८ करोड ७३ लाख ५० हजार ६१३ रुपैयाको कारोवार भएको छ ।

दशैं र तिहारको लामो विदा पश्चात शेयरबजारले गति लिनु पर्नेमा शेयरबजार झन् निरन्तर अोरालो लाग्ने क्रम जारी रहेको छ । अाज पनि दोहोरो अङ्क (२७.६३) ले घटेर सबै सूचक अोरालो लागी राताम्मै बनेको छ ।

वाणिज्य बैंकहरुको २४.७ अंकले घटेर ३० करोड ८९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ६३.७५ अंकले घटेर ६२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ३५.९ अंकले घटेर १२ करोड ६२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ३७.५ अंकले घटेर २ करोड ७१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको १० अंकले घटेर १ करोड ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको १५८.८६ अंकले घटेर १७ करोड ८१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै अन्य समूह ११.२८ अंकले घटेर ७४ लाख ३९ हजार ३ सय ४० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी सिभिल बैंक लिमिटेडको ३ करोड ९२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको ३ कराेड ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *