शेयरबजार निरन्तर अोरालो, तारागाउँ रिजेन्सी होटलको सबैभन्दा बढी कारोवार

Post Date : July 13, 2016 | 4:47 pm

काठमाडाैं, २९ असार । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २.६४ अंकले घटेर १६९०.४३ बिन्दुमा पुगेको छ । कुल ४४४६ कारोवारबाट १९ लाख ६६ हजार ७०४ कित्ता शेयर किनबेच भई १ अर्ब ९ करोड ७० लाख ९१ हजार ६५९ रुपैयाको कारोवार भएको छ । अाज १ अर्ब रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

अाज होटल, उत्पादन र अन्य समूहबाहेक अरु सबै समूहहरुको कारोवार अोरालो लागेको छ । वाणिज्य बैंकहरुको ४.०२ अंकले घटेर ३७ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ११.३३ अंकले घटेर १८ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै जलविद्युत समूहको ६.५१ विन्दुले घटेर करिब ५ करोड रुपैयाको कारोवार भएको छ भने फाइनान्स समूहको ८.०२ अंकले घटेर २ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । बीमा समूहको ८९.५८ अंकले घटेर करिब २० करोड रुपैयाको कारोवार भएको छ ।

होटल, उत्पादन र अन्य समूहमा भने क्रमशः ३९.१, ३३.९६ र २१.९८ अंकले बढेको छ । होटल समूहको १८ करोड रुपैया भन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने अन्य समूहको १ करोड ७४ लाखभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटलको १८ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा जनता बैंक लिमिटेडको ६ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *