शेयरबजार लगातार तेस्रो दिन पनि अोरालो लाग्यो

Post Date : October 18, 2016 | 5:31 pm

काठमाडाैं, २ कार्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ०.६३ अंकले घटेर १७९२.७३ बिन्दुमा पुगेको छ । कुल ३१९० कारोवारबाट ७ लाख ४०५ कित्ता शेयर किनबेच भई ५० करोड ८६ लाख ६७ हजार ०९१ रुपैयाको कारोवार भएको छ ।

दशैंपछि खुलेको शेयरबजार निरन्तर अोरालो लागेको छ ।  होटल, बिमा र अन्य समूह बाहेकका अरु सबै समूह अोरालो लागेको छ ।

होटल समूहको ५.५८ अंकले बढेर १ करोड ३८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ८.९५ अंकले बढेर ९ करोड ९८ लाख रुपैयाको कारोवार भएकाे छ । त्यस्तै अन्य समूहको १०.९९ अंकले बढेर ६९ लाख ७७ हजार ६९० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको २.९१ अंकले घटेर २९ करोड ३९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ३.७५ अंकले घटेर ६ करोड २९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने  । जलविद्युत समूहको १०.३३ अंकले घटेर १ करोड ६७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने फाइनान्स समूहको ३.३६ अंकले घटेर ६३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको ४ करोड ७९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको ३ कराेड ८५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *