शेयरबजार स्थीर रहन सकेन, फेरि अोरालो लाग्यो, १ अर्ब रुपैयाको पनि कारोवार भएन

Post Date : September 27, 2016 | 6:36 pm

काठमाडाैं, ११ असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३.३८ अंकले घटेर १७५३.७२ बिन्दुमा पुगेको छ । कुल ५००७ कारोवारबाट ९ लाख ६६ हजार २२८ कित्ता शेयर किनबेच भई ७५ करोड ७२ लाख ९६ हजार ६६८ रुपैयाको कारोवार भएको छ ।

हिजो अोरालो लाग्ने क्रम रोकिएको शेयरबजार अाज फेरि अोरालो लागेको छ। सबै समूह अोरालो लागी राताम्मै बनेका छन् ।

वाणिज्य बैंकहरुको १.९६ अंकले घटेर ४३ करोड १३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको २.३ अंकले घटेर २९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको २.३९ अंकले घटेर ८ करोड ४४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको २.५५ अंकले घटेर २ करोड १२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको १.१८ अंकले घटेर १ करोड ५४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । बिमा समूहको २३.२६ अंकले घटेर १२ करोड ७१ लाख रुपैयाको कारोवार भएकाे छ भने उत्पादन समूहको २७.८ अंकले घटेर १५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको ४.०५ अंकले घटेर १ करोड ६४ लाख ८९ हजार ९०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा एभरेष्ट बैंक लिमिटेडको ११ करोड ५४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बंगलादेश बैंक लिमिटेडको ५ कराेड ७० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *