शेयरबजार १७.३५ अंकले अोरालो लाग्यो, होटल समूहबाहेक अरु सबै समूह राताम्मै

Post Date : August 1, 2016 | 4:01 pm

काठमाडाैं, १७ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १७.३५ अंकले घटेर १८४५.४१ बिन्दुमा पुगेको छ । कुल ७३८७ कारोवारबाट ५१ लाख १५ हजार ४२० कित्ता शेयर किनबेच भई १ अर्ब ८४ करोड ९२ लाख ७५ हजार ५२१ रुपैयाको कारोवार भएको छ ।

होटल समूह बाहेक अरु सबै समूहहरुमा शेयर कारोवार अोरालो लागेको छ । होटल समूहकाे ४०.२१ अंकले बढेर २ करोड ५ लाख रुपैयाभन्दा बढीको शेयर कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको १६.४४ अंकले घटेर ८८ करोड १० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ३२.४३ अंकले घटेर २१ करोड ३९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको २५.३ अंकले घटेर ८ करोड २१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने फाइनान्स समूहको १.४४ अंकले घटेर ६ करोड ४४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बीमा कम्पनीहरुको ६४.१६ अंकले घटेर २० करोड ७२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने उत्पादन समूहको ४२.५८ अंकले घटेर ६२ लाख १० हजार ७६० रुपैयाको मात्रै कारोवार भएको छ । अन्य समूहको ६.६५ अंकले घटेर २ करोड ९ लाख ४८ हजार ८०० रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको २७ करोड ५६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बैंक लिमिटेडको १५ कराेड ८७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *