शेयरबजार २३.८२ अंकले घटेर सबै समूह अोरालो लागी राताम्मै

Post Date : November 22, 2016 | 4:36 pm

काठमाडाैं, ७ मङ्सिर । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २३.८२ अंकले घटेर १५८२.४७ बिन्दुमा पुगेको छ । कुल ५९१८ कारोवारबाट १२ लाख ६९ हजार ६०० कित्ता शेयर किनबेच भई ८२ करोड ८२ लाख ५८ हजार ९६२ रुपैयाको कारोवार भएको छ ।

कुल १३१ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा सबै समूह अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको २२.३५ अंकले घटेर ४२ करोड ९९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ६६.३५ अंकले घटेर ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको २४.६३ अंकले घटेर ११ करोड १३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ३३.२५ अंकले घटेर २ करोड ९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको १३.७८ अंकले घटेर १ करोड ११ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको १२४.१५ अंकले घटेर २२ करोड ३४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने । त्यस्तै अन्य समूह ९.८४ अंकले घटेर ९९ लाख ७७ हजार ६५० सय रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको ९ करोड १३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ कराेड ७९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *