शेयरबजार २.४६ अंकले बढ्यो, बैंक र जलविद्युत समूह भने अोरालो लाग्यो

Post Date : October 26, 2016 | 3:51 pm

काठमाडाैं, १० कार्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २.४६ अंकले बढेर १७५३.४६ बिन्दुमा पुगेको छ । कुल ४५७० कारोवारबाट १० लाख ५४ हजार १६३ कित्ता शेयर किनबेच भई ८१ करोड ८२ लाख ७ हजार ३४९ रुपैयाको कारोवार भएको छ ।

यो साता लगातार तीन दिन अोरालो लागेको शेयरबजार अाज चौथो दिन भने २.४६ अंकले उकालो लागेको छ । वाणिज्य बैंक, विकास बैंक र जलविद्युत समूहको सूचक अोरालो लागेको छ भने अरु सबै समूहका सूचक उकलो लागेको छ ।

होटल समूहको २.०१ अंकले बढेर २४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको १.१७ अंकले बढेर ९३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बिमा समूहको १०५.०८ अंकले बढेर २१ करोड २५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने अन्य समूहको १.१६ अंकले बढेर ६४ लाख २६ हजार ८९० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको ०.२ अंकले घटेर ४४ करोड १९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ६.३९ अंकले घटेर ७ करोड ३१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै जलविद्युत समूहको ०.५१ अंकले घटेर २ करोड ६१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेडको ६ करोड ३७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ कराेड २० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *