शेयरबजार ३ अंकले घट्यो, कारोवार रकम भने १ अर्बभन्दा माथि

Post Date : November 16, 2016 | 4:27 pm

काठमाडाैं, १ मंसिर । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३.०१ अंकले घटेर १६९८.९० बिन्दुमा पुगेको छ । कुल ४६९१ कारोवारबाट १० लाख ७२७ कित्ता शेयर किनबेच भई १ अर्ब १९ करोड ५४ लाख ७८ हजार ५२४ रुपैयाको कारोवार भएको छ ।

कुल १३४ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा वाणिज्य बैंक, विकास बैंक, र जलविद्युत समूह अोरालो लागेको छ भने बाँकी समूह उकालो लागेको छ ।

होटल समूहको ४२.६८ अंकले बढेर ५६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको १.३१ अंकले बढेर १ करोड ६९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बिमा समूहको ६२.५८ अंकले बढेर ३६ करोड ५४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने अन्य समूह १.१६ अंकले बढेर ६४ लाख ५७ हजार ५६० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको ५.६१ अंकले घटेर ६३ करोड २८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको १३.६९ अंकले घटेर १२ करोड ३४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै जलविद्युत समूहको २३.९४ अंकले घटेर १ करोड ९५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको ३८ करोड ९५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा बैंक अफ कठमाण्डू लुम्बिनी लिमिटेडको २२ कराेड ७५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *