शेयरबजार ३.५२ अंकले घट्यो

Post Date : September 14, 2016 | 4:57 pm

काठमाडाैं, २९ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३.५२ अंकले घटेर १८१५.१७ बिन्दुमा पुगेको छ । कुल ७१३१ कारोवारबाट १६ लाख ६४ हजार १८३ कित्ता शेयर किनबेच भई १ अर्ब ३७ करोड ४२ लाख ४८ हजार २२४ रुपैयाको कारोवार भएको छ ।

होटल, फाइनान्स र उत्पादन समूहको शेयर मूल्य बढेको छ भने अरू सबै समूहको शेयर मूल्य घटेको छ ।

होटल समूहको ४०.४४ अंकले बढेर १ करोड ९४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ९०.२५ अंकले बढेर ३३ करोड ५ लाख रुपैयाको कारोवार भएकाे छ । त्यस्तै उत्पादन समूहको ७.५७ अंकले बढेर २ लाख ८३ हजार १०० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको ५.४१ अंकले घटेर ६१ करोड ९७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ८.५२ अंकले घटेर २८ करोड ४३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको ९.२४ अंकले घटेर २ करोड ८४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ०.४८ अंकले घटेर ३ करोड २० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा मुक्तिनाथ विकास बैंक लिमिटेडको १२ करोड ६३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एनअाईसी एशिया बैंक लिमिटेडको ७ कराेड २५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *