शेयरबजार ४२ अंकले घटेर १५४० विन्दुमा पुग्यो

Post Date : November 23, 2016 | 5:11 pm

काठमाडाैं, ८ मङ्सिर । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४२.४६ अंकले घटेर १५४०.०१ बिन्दुमा पुगेको छ । कुल ६६७५ कारोवारबाट १५ लाख ३८ हजार ७८८ कित्ता शेयर किनबेच भई १ अर्ब ७ करोड ४९ लाख ६३ हजार ३६६ रुपैयाको कारोवार भएको छ ।

कुल १३१ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा सबै समूह अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको ३७.४७ अंकले घटेर ५५ करोड ४० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको १०२.९२ अंकले घटेर २५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ४१.८ अंकले घटेर ११ करोड ८२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको १५.१७ अंकले घटेर २ करोड ९९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको १३.८७ अंकले घटेर १ करोड २५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ३६५.६४ अंकले घटेर ३१ करोड १८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने । त्यस्तै उत्पादन समूहको १२.६९ अंकले घटेर २ लाख २९ हजार ३८० रुपैयाको कारोवार भएको छ भने अन्य समूह १३.८८ अंकले घटेर ८४ लाख ३९ हजार १३० सय रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको १७ करोड ६० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ कराेड १७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *