शेयरबजार ५४.६५ अंकले बढ्यो, कारोवार रकम पनि उत्साहजनक

Post Date : November 30, 2016 | 4:29 pm

काठमाडौँ, १५ मङ्सिर । नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा बढेको छ । कुल १३५ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा ५४.६५ अंकले बढेर १६०८.३३ विन्दुमा पुगेको छ । होटल समूह स्थीर रह्यो भने यस बाहेक अरु सबै समूह उकालो लागेको छ । कुल ८६८९ कारोवारबाट १५ लाख २५ हजार ४०९ कित्ता शेयर किनबेच भई १ अर्ब, ३६ करोड ३५ लाख ८० हजार ९८६ रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको ५८.७४ अंकले बढेर ७४ करोड ७४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ४० लाख रुपैयाभन्दा बढीको कारोवार गरी स्थीर रहेको छ । विकास बैंक समूहको ५७.८८ अंकले बढेर १३ करोड ५८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ४९.८४ अंकले बढेर ३ करोड ३२ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको २३.२१ अंकले बढेर २ करोड ७५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ३२६.०९ अंकले बढेर ३९ करोड ९७२२लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने । त्यस्तै अन्य समूह ६.३६ अंकले बढेर ८० लाख ४ हजार ८४० सय रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको २० करोड १५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको ६ कराेड २ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *