शेयरबजार ६.२८ अंकले बढ्यो

Post Date : November 14, 2016 | 5:23 pm

काठमाडाैं, २९ कात्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ६.२८ अंकले बढेर १७०६.२८ बिन्दुमा पुगेको छ । कुल ४१७८ कारोवारबाट ८ लाख ५६ हजार ६८८ कित्ता शेयर किनबेच भई ७८ करोड ९ लाख १ हजार ११६ रुपैयाको कारोवार भएको छ ।

कुल १३१ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा विकास बैंक, जलविद्युत र अन्य समूह अोरालो लागेको छ भने बाँकी समूह उकालो लागेको छ ।

वाणिज्य बैंकहरुको ८.९४ अंकले बढेर ४१ करोड ५६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ७.०९ अंकले बढेर ३४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको ७.६२ अंकले बढेर ९१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ४३.२५ अंकले बढेर २३ करोड ८० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै उत्पादन समूहको १२.५५ अंकले बढेर ७ लाख ८२ हजार ५० रुपैयाको कारोवार भएको छ ।

विकास बैंक समूहको ५.२८ अंकले घटेर ७ करोड ३४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ३.५६ अंकले घटेर २ करोड १९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।त्यस्तै अन्य समूह १.४५ अंकले घटेर ७८ लाख ४१ हजार ७४० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको १२ करोड ३५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ कराेड ७५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *