शेयरबजार ८.१० अंकले बढ्यो

Post Date : October 5, 2016 | 3:59 pm

काठमाडाैं, १९ असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ८.१० अंकले बढेर १८०६.६० बिन्दुमा पुगेको छ । कुल ४३०३ कारोवारबाट १० लाख १८ हजार २४५ कित्ता शेयर किनबेच भई ९२ करोड ८४ लाख ८ हजार ७०५ रुपैयाको कारोवार भएको छ ।

अाज जलविद्युत, बीमा र उत्पादन समूहको नेप्से परिसूचक अोरालो लागेको छ भने वाणिज्य बैंक, होटल, विकास बैंक, फाइनान्स र अन्य समूहको परिसूचक भने उकालो लागेको छ ।

वाणिज्य बैंकहरुको १३.४६ अंकले बढेर ५७ करोड ८८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ५८.९८ अंकले बढेर ९१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ४.८३ अंकले बढेर ५ करोड ४६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ४.६१ अंकले बढेर ९० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै अन्य समूहको २.६ अंकले बढेर ४५ लाख १३ हजार ३२० रुपैयाको कारोवार भएको छ ।

त्यस्तै जलविद्युत समूहको २३.८ अंकले घटेर २ करोड ७६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको १८.७१ अंकले घटेर २३ करोड ४७ लाख रुपैयाको कारोवार भएकाे छ । त्यस्तै उत्पादन समूहको २५.८७ अंकले घटेर ३ लाख ६१ अजार ७०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी बैंक अो काठमाण्डू लुम्बिनी लिमिटेडको २९ करोड ८८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको १० कराेड ३९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *