शेयर बजारमा अाजसम्मकै उच्च विन्दुमा कारोवार

Post Date : May 23, 2016 | 6:34 pm

काठमाडाैँ, १० जेठ । नेप्से शेयर बजार परिसूचक १४.६८ विन्दुले बढेर १५२४.०७ विन्दुमा पुगेको छ । आज ३३,६२,६३२ कित्ता शेयरबाट ६००१ कारोबार भई १ अर्ब ४४ करोड ५१ लाख ९१ हजार ५४४ रुपैयाको कारोबार भयो । सबैभन्दा बढी बिमा कम्पनीहरूको कारोबारमा २६१.०३ विन्दुले वृद्धि भएको छ । बिमा तर्फ कुल कारोबार ६८ करोड ७१ लाख ७५ हजार रुपैयाको कारोबार भएको छ । त्यस्तै बैंकिङ्ग समूह तर्फ १०.५१ विन्दुले वृद्धि भई ४८ करोड ५४ लाख ८२ हजार रुपैयाको कारोबार भयो ।  यसै गरी विकास बैंक समूह तर्फ १२.३८ विन्दुले वृद्धि भई १४ करोड ९७ लाख ४४ हजार रुपैयाको कारोबार भयो। हाइड्रो पावर तर्फ भने १०.४७ विन्दुले घटेर निराशाजनक रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *