शेयर बजारमा उतार चढाव

Post Date : June 1, 2016 | 5:18 pm

काठमाडाैं, १९ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज फेरी गिरावट अाएको छ । परिसूचकमा ८.५६ अंकले घटेर १५२३.५६ बिन्दुमा पुगेको छ । ५९७५ कारोवारबाट २३ लाख ५१ हजार १३३ कित्ता शेयर किनबेच भई १ अर्ब २२ करोड ६४ लाख ६७७ रुपैयाको कारोवार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करीब १० करोड रुपैयाले कारोवारमा कमी अाएको छ ।

होटल र फाइनान्स समूह बाहेकका अरु सबै समूहहरुको कारोवारमा अोरालो लागेको छ । अघिल्लो दिन जलविद्युतमा अत्यधिक कारोवार भएकोमा अाज ८२.७८ अंकले घटेको छ । नयाँ अाएको बजेटमा जलविद्युत क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएकोले सो क्षेत्रमा उत्साहजनक सुधार देखिएको अड्कल गरिए पनि अाज भने त्यस क्षेत्र अोरालो लागेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *