शेयर बजारमा जलविद्युत कम्पनीहरुको कारोवार उच्च

Post Date : May 31, 2016 | 8:37 pm

काठमाडाैं, १८ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज जल विद्युत (हाइड्रोपावर) कम्पनीहरुको कारोवार अत्यधिक भएको छ ।  परिसूचकमा ५.१६ अंकले बढेर १५३२.१२ बिन्दुमा पुगेको छ । ५९९२ कारोवारबाट २४ लाख ८० हजार २२६ कित्ता शेयर किनबेच भई १ अर्ब ३२ करोड २६ लाख ३० हजार ५०४ रुपैयाको कारोवार भएको छ । जलविद्युत कम्पनीहरुतर्फ ३६ करोड ९५ लाख ६४ हजार रुपैयाको कारोवार भयाे । वाणिज्य बैंक, बीमा कम्पनी र फाइनान्स तर्फ नेप्से परिसूचक घटेको छ ।

सबैभन्दा बढी कारोवार चिलिमे जलविद्युतको १४ करोड ४२ लाख ४९ हजार ५१८ रुपैया भयो । धेरै जसो जलविद्युत कम्पनीहरुको शेयर मूल्य लगभग १० प्रतिशतले बढेको छ । नयाँ अाएको बजेटमा जलविद्युत क्षेत्रलाई विशेष प्राथमिकतामा राखेकोले शेयर बजारमा पनि यसको असर देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *