शेयर बजारमा झिनो गिरावट, कारोवार रकम भने बढ्यो

Post Date : July 3, 2016 | 4:07 pm

काठमाडाैं, १९ असार । साताको पहिलो दिन अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४.०३ अंकले घटेर १७१९.२० बिन्दुमा पुगेको छ । कुल ६४८२ कारोवारबाट २० लाख ८३ हजार ३०० कित्ता शेयर किनबेच भई १ अर्ब ८५ करोड २४ लाख ५२ हजार ६३९ रुपैयाको कारोवार भएको छ । गएकोे साताको अन्तिम दिनको तुलनामा अाज ०.२३ प्रतिशतले मात्र नेप्से घटेको हो, तर कारोवार भएको रकम भने बढेको छ ।

अाज वाणिज्य बैंक, जलविद्युत र बीमा कम्पनी समूहहरुको कारोवारमा गिरावट अाएकाे छ । वाणिज्य बैंकहरुको १३.८६ अंकले घटेर ४१ करोड रुपैयाभन्दा बढीको कारोवार गरेको छ । जलविद्युत समूहको ७.५८ विन्दुले घटेर साढे ८ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बीमा कम्पनीहरुको कारोवारमा २२३.९५ अंकले घटेर ४४ करोड रुपैयाभन्दा बढीको कारोवार गरेकाे छ । गत साताकाे अन्तिम दिन भने बीमा कम्पनीहरुको सबैभन्दा बढी ६८.६७ अंकले बढेर करीब ५७ करोड रुपैयाको कारोवार गरेको थियो ।

अाज सबैभन्दा बढी विकास बैंकहरुकाे ६६.८९ अंकले बढेर ७० करोड रुपैयाभन्दा बढीको कारोवार भयो । त्यस्तै फाइनान्स कम्पनीहरुको २९.७३ अंकले बढेर ६ करोड रुपैयाभन्दा बढीकाे कारोवार भएको छ । अाज बीमा कम्पनीहरुको शेयर अत्यधिक किनबेच भएकोले कारोवार भएको रकम पनि बढ्न गएको हो ।

अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे १० कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *