शेयर बजारमा भारी अंकले गिरावट

Post Date : June 5, 2016 | 6:14 pm

काठमाडाैं, २३ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन करिब ३५ अंकले भारी गिरावट अाएको छ । परिसूचकमा ३४.९८ अंकले घटेर १४८३.१४ बिन्दुमा पुगेको छ । कुल ६४८३ कारोवारबाट २४ लाख ४५ हजार १५१ कित्ता शेयर किनबेच भई १ अर्ब ३९ करोड १७ लाख ८८ हजार ९२२ रुपैयाको कारोवार भएको छ । गत साता अोरालो लाग्न सुरु गरेको शेयर बजार याे साताको पहिलाे दिन नै गिरावट अाएको छ ।

होटल समूह र उत्पादन समूह बाहेक अरु सबै समूहहरुको कारोवारमा अोरालो लागेको छ । शेयर बजार अोरालो लागे पनि अाज करिब १ अर्बभन्दा बढी रुपैयाको कारोबार भयो । अाज  सबैभन्दा बढी बीमा कम्पनीहरुको कारोबार २१९.४७ विन्दुमा झरेको छ  भने होटल समूहको कारोवार सबैभन्दा बढी १३२.३४ अंकले उकालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *